एक काँग्रेस नेताको नजरमा माधव नेपाल ‘जननेता’, देउवाको हाइट बढेर विपीकै स्थानमा पुग्यो

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले नेकपा (एमाले)का नेता माधव नेपाललाई जननेताको संज्ञा दिएका छन् । रिपोर्टर्स क्लबमा यादवले उनलाई जननेताको संज्ञा दिएका छन् । 

माधवले आफ्नो पार्टीको नेतृत्वका सरकार ढालेर काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाएपछि काँग्रेसका नेता कार्यकर्ताले उनको मुक्तकण्ठले प्रसंशा गर्दै आएका छन् । माधवले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको यादवको तर्क छ । 

Advertisement

उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर हाईट घट्दैन्, बरु बढ्छ ।’ यादवले माधव नेपाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरे । उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ ।’

यादवले माधव नेपाल समूह पनि ढिलो चाँडो सरकारमा सहभागी हुने दावी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । यादवले भने, ‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ । अब धेरै ढिलो हुँदैन् । प्रधानमन्त्रीज्यू गठबन्धनमा आवद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ । यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो । त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहानुहुन्छ । राष्ट्रिय सरकार नै बनाउन चाहानुहुन्छ ।’ 

मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भइरहेको यादवको भनाई छ । उनले भने, ‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन् । उहाँहरुलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं । बरु, कांग्रेसले एक–दुई वटा मन्त्रालय नै कम लिन्छ ।’

उनले काँग्रेसको क्रियाशील सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको सुनाए । यादवले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे । यादवले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर–पुससम्म सम्पन्न गरिसक्ने पनि सुनाए । 

उनले प्रधानन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाईट बढेको र विपीको स्थानमा पुग्नसक्ने तर्क गरे । यादवले भने, ‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ । उहाँको हाईट धेरै बढेको छ । उहाँ सबैले भरोसा गर्न योग्य व्यक्ति हो ।’ 
गरेपनि स्वागतयोग्य नै हुन्छ ।’

Advertisement

Advertisement