राजश्व सचिवमा कृष्णहरि पुस्कर नियुक्त

Advertisement

काठमाडौँ । राजश्व सचिवमा कृष्णहरि पुस्करलाई सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत पुस्करलाई अर्थमन्त्रालयको राजश्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।  

उद्योग मन्त्रालयमा लामो समय काम गरेका पुष्करले यसअघि वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन् ।

Advertisement

राजश्व सचिव रहेका रामशरण पुडासैनीले उमेर हदका कारण अवकाश लिएपछि उक्त पद रिक्त थियो । 

देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएपछि हालै अर्थसचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरी मधुकुमार मरासिनीलाई ल्याइएको थियो । 

Advertisement

Advertisement