बीमा संस्थान कम्पनीमा परिणत भएसँगै प्रशासकको जागिर गयो, कामु सीईओमा रिमाल

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएसँगै संस्थानका प्रशासक कविप्रसाद पाठक र सहायक प्रशासक कृष्णकुमार श्रेष्ठको जागिर गएको छ । 

नयाँ कम्पनीको सञ्चालक समितिले पहिलो बैठकले व्यवस्थापन तहमा रहेका वरिष्ठ कर्मचारी महेश रिमालाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी तोकेको छ । उनी यसअघि संस्थानको नायव महाप्रवन्धक थिए । 

Advertisement

मन्त्रिपरिषदबाट कम्पनीमा रुपान्तरण हुन सैद्धान्तिक स्वीकृति पाएको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (यसअघिको राष्ट्रिय बीमा संस्थान)ले सोमबार अपरान्ह मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र पाएको थियो । नयाँ बीमा ऐनअनुसार संस्थान भोलि (कात्तिक २२)भित्र कम्पनीमा रुपान्तरण नभएको भए स्वतः विघटन हुने अवस्था थियो । 

नयाँ कम्पनीको सीईओ हुन पाठकले निकै दौडधुप र राजनीतिक लबिङ गरे पनि उनी नेकपा एमालेनिकट भएकाले अर्थमन्त्रीले उनलाई स्वीकार गर्न नमानेका हुन् । पाठकसँगै श्रेष्ठको पनि जागिर गएको हो । नयाँ कम्पनी हालकै १८ करोड १० लाख २० हजार चुक्ता पुँजी कायम राखी कम्पनीमा दर्ता भएको हो । तर नेपाल बीमा प्राधिकरणको नयाँ नियमअनुसार उसले पाँच अर्ब पुँजी कायम गर्नुपर्ने हुन्छ । 

Advertisement

Advertisement