कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेवले दर्ता गरेको रिटको तेस्रो पेशी पनि अनिर्णित

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णय गैरकानुनी रहेको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आइतबार पनि कुनै आदेश जारी भएन् । 

उक्त रिटमा आज ४ नम्बरमा पेशी तोकिए पनि प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले दुई वटा मात्रै मुद्दा हेरेपछि बाँकी मुद्दा हेर्दाहेदैमा राखेर सर्वोच्चबाट बाहिरिएका थिए । यसअघि भदौ ८ गतेको राणको इजलाशले हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्ति गर्ने सरकारी निर्णयको सक्कल कागज पेश गर्न आदेश दिएको थियो । 

Advertisement

सोभन्दा अघि भदौ २ गते न्यायाधीस कुमार रेग्मीको इजलाशमा परेको यस रिटमा पेशमा कुनै पनि सुनुवाई नगरी अर्को दिनलाई तोकिएको थियो । जबकी यसभन्दा पछि परेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतममा अवकाश दिने सरकारको निर्णय सर्वोच्चले उल्टाएर पूर्ववतरुपमा काममा लगाउन गएको बिहीबार आदेश दिइसकेको छ । 

Advertisement

Advertisement