अहिले नै सेयर कर्जाको नीति परिवर्तन हुँदैन, व्यवसाय गर्नेलाई छुट छः राष्ट्र बैंक

Advertisement

काठमाडौं । सेयर धितो कर्जाको नीति परिवर्तन नहुने भएको छ । मौद्रिक नीतिले सेयर कर्जामा गरेको व्यवस्था कार्यान्वयन नहुँदै संशोधन वा परिमार्जन केही पनि गर्न नमिल्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन् । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थाअनुसार निर्देशन जारी गर्दै एउटा बैंक वित्तीय संस्थाबाट बढीमा चार करोड र सबै संस्थाबाट गरेर १२ करोडसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरेको छ । 

Advertisement

सोही व्यवस्थाका कारण सेयर बजारमा उच्च गिरावट जारी छ । सेयर घट्न थालेपछि सेयर लगानीकर्ताका नेताहरूले राष्ट्र बैंकको विरोध गर्दै सेयर धितो कर्जाको सीमा हटाउन अर्थमन्त्रीमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई दबाब दिने प्रयास गर्दै आएका थिए । 

मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन जारी गर्दै तोकिएको सीमाभन्दा बण् िऋण लिनेलाई बढीमा एक बर्षभित्र ऋण चुक्त गर्न गराउन पनि परिपत्र गरिसकेको छ । 

मौद्रिक नीति जारी भएपछि त्यसको आधारमा गरिएको सर्कुलर गरिएको निर्देशन कार्यान्वयनमा आएको १५–२० दिनमै संशोधन नहुने भन्दै ढकालले त्रैमासिक समीक्षा अगाडि सेयर धितो कर्जाको बारेमा छलफलसमेत नहुने बताए । 

उनले राष्ट्र बैंकका अधिकारीले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकोले राजनीतिक दबाब आउँदा वा मन्त्रीले गभर्नरलाई फोन गर्दैमा यसका कुनै संशोधन हुने भन्दै राष्ट्र बैंकलाई उचित लाग्यो भने मौद्रिक नीतिको समीक्षामा सो विषय पनि पर्न सक्ने बताए । 

राष्ट्र बैंकले गरेको सेयर कर्जामा कडाइको व्यवस्था सीमित लगानीकर्ताको पहुँचबाट बाहिर निकाल्न सहयोग पुग्ने देखिन्छ । केही ठूला लगानीकर्तालाई भन्दा पनि आम लगानीकर्ताको हित हेरेर राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको भन्दै प्रवक्ता ढकालले सेयर बजारमा गरेको लगानीले अर्थतन्त्रमा ठूलो योगदान नदिने, रोजगारी नबढाउने, उत्पादनमूलक वा सेवामूलकमा हुने योगदान कम गर्न नसक्ने बताए । 

‘व्यवसाय गर्नेलाई सेयर धितो राखेर कर्जा लिन रोक लगाएको छ्रैन्’ 
राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरे पनि सेयर धितो राखेर अरु व्यवसाय गर्न भने कुनै पनि सीमा नराखेको जनाएको छ । सेयर धितो राखेर लगानीकर्ताले अरु व्यवसाय गर्न जति पनि कर्जा लिन पाउने राष्ट्र बैंकका अर्का एक अधिकारीले बताए । 

उनले भने, ‘उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा राखेर कर्जा लिन सकिन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनको लागि प्रवाह गरेको कर्जाको लागि अन्य सम्पत्ति धितो राखेसरह अतिरिक्त धितोको रुपमा सेयर समेत राख्न सक्छन् ।’

यस्तै राष्ट्र बैंकले अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेक व्यवसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपियाँको सीमा लागू नहुने स्पष्ट पारेको छ । 

Advertisement

Advertisement