‘सहकारीको अनुसन्धानका क्रममा केही बैंकर पक्राउ पर्दैमा अरु आतंकित हुनु जरुरी छैन्’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको सन्दर्भमा अन्य बैकरहरु आतंकित हुनुपर्ने अवस्था नभएको तर्क गरेका छन् । 

आइतबार संसदको अर्थ समितिमा उनले सीआईबीसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । केही दिनअघि तत्कालिन सेन्चुरी बैंकको कर्जा प्रवाहमा धितोको न्यून मूल्यांकन गरिएको भन्दै उक्त बैंकका सीईओ हालको प्रभु बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको थियो । 

Advertisement

राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको अधिकारीले बताए । उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए । बंैकरहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अधिकारीले केही साथीहरु पक्राउ परेभन्दैमा बंैकरहरु आंतकित हुन नहुने बताए । 

बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने उनले बताए । अधिकारीले भने, ‘प्रमुख कार्यकारी अधिकृतहरुलाई सीआईबीले पक्राउ गरेको विषय छ । नेपाल प्रहरीसँग पनि छलफल गर्यौं । कस्तो किसिमले पक्राउ गरियो भन्दा राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । प्रहरीले यस्तो छानविन गर्दा त्यहाँ पुगेका हौं भन्नुभयो ।’ 

उनले थपे, ‘तर यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ । छानविन नगरी यस्तो नगरिदिन भनेपछि सबै छानविन गरेर पक्राउ गरिएको भन्नुभयो । तर बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानविनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ । बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नु कर्तव्य हो । यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ । बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो । स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ । थप आंतकित कोही कसैलाई पार्नु हुँदैन ।’

Advertisement

Advertisement