सेयर लगानीकर्ताको नाममा भएको धम्कीप्रति इम्सनको आपत्ति, छानविन र कारवाहीको माग

Advertisement

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)ले सेयर बजारका लगानीकर्ताको नाममा आर्थिक अनलाइन पोर्टल बिजशाला डटकमका समाचारदातालाई फोन तथा फेसबुकबाट केही व्यक्तिहरूले धम्की दिएको कुराप्रति आपत्ति जनाएको छ ।  

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको समाचारलाई लिएर केही व्यक्तिले ‘त्यस्तो समाचार किन छापेको ?’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै बारम्बार धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरितको गतिविधि भएको इम्शनले बताएको छ । 

Advertisement

आफ्ना असहमति कुरालाई खण्डन गर्न गराउन सकिने उपाय हुँदाहुँदै पत्रकारहरूलाई धम्की दिनु अराजक गतिविधि भएकाले यस घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न इम्शनले सरकार र सम्वन्धित निकायसँग माग गरेको छ । साथै, संस्थाले सम्वन्धित मिडिया सहजरुपमा सञ्चालन हुने र त्यसमा कार्यरत पत्रकारहरूले निर्भयका साथ काम गर्ने वातावरण बनाउन पनि आग्रह गरेको छ । 

Advertisement

Advertisement