मोटर हेडको ‘टेकन आर २५०’ नेपाली बजारमा, मूल्य कति ?

Advertisement

काठमाडौं । मोटर हेडले टेकन आर २५० बाइक आज नेपाली बजारमा भित्राएको छ । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपाल(नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यमा उक्त बाइक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे,  लोकहर्ष शाक्य, एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेडका अध्यक्ष सुगम घिमिरेको उपस्थिति थियो । 

Advertisement

कम्पनीले सो बाइकको शुरुवाती मूल्य  चार लाख पाँच हजार रूपियाँ तोकेको छ । सो मूल्य सीमित समय अवधिको लागी मात्र उपलब्ध हुने कम्पनीको भनाई छ । टेकन २५० सीसीको वाइक दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ ।  बिक्री पछिको सेवाको गुणस्तर बृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टीम संग निकट समन्वय गरि  आउँदा दिनहरुमा पूरै नयाँ स्तरमा ग्राहकहरुलाई सन्तुष्टि दिने कम्पनीले बताएको छ ।  

कम्पनीको १४ वटा डिलर आउटलेटहरु छन् । हाल धोबीघाट –३, ललितपुर परिसरमा यसको कर्पोरेट शोरूम छ । कम्पनीले भर्खरै धादिङ्ग, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रीएस आउटलेट ल्याएको छ । एसएलआर टेक्नो एण्ड ट्रेड प्रालि (एसजी समूहको एक सहायक कम्पनी) मोटरहेड कम्पनी नेपालको लागी मोटर साइकलको आधिकारिक विक्रेता हो । 

युवामाझ लोकप्रिय मोटरहेडका बाइकमा आकर्षण बढ्दै, चाडपर्वमा छुट र उपहारसम्म अफर


 

Advertisement

Advertisement