भक्तपुर नगरपालिकामा नेमकिपाले करोडौं भ्रष्टाचार गरेको दावी, बस्नेतलाई बुझाइयो ज्ञापनपत्र

Advertisement

भक्तपुर । नेपालको एकमात्र स्थानीय तहमा निर्वाचित नेपाल मजदुर किसन पार्टी (नेमकिपा)ले नेतृत्व गरेको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आयोजनामा नीतिगत भ्रष्टाचार तथा अनियमितता भएको भन्दै पीडित संघर्ष समितिले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ । 

समितिले शनिबार बस्नेतलाई उक्त मुद्दालाई राष्ट्रव्यापी रुपमा अगाडि बढाउन आग्रह गर्यो । नगरपालिकाद्वारा संचालित देको( मिवा( इतापाके जग्गा एकीरण आयोजनामा भएको नीतिगत भ्रष्टाचार र अनियमिता रोक्नको लागि आयोजना पीडित संघर्ष समितिबाट सांसद बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो । 

Advertisement

२०६९ सालमा जग्गा रोक्का गरिएको उक्त आयोजनाको शुरु गरिएको थियो । आयोजनाभित्र १६ सय ५३ रोपनी जग्गा रहेको छ । आर्थिक वर्ष २०७२–७३ सालमा एक अर्व १७ करोड बजेटको लागतमा उक्त आयोजनाको निर्मााण कार्य शुरु गरिएको थियो । संघर्ष समितिले विभिन्न राजनीतिक दललाई समेत ज्ञापनपत्र बुझाई सकेको जनाएको छ । 

नगरपालिका तथा आयोजकलाई हालसम्मको प्रगति तथा खर्चको विवरण लिखितरुपमा माग गर्दा समेत दिन नसकेको जनाइएको छ । आयोजनाले नीतिगत कुराहरु हालसम्म कुनै पनि कुरा प्रकाशित समेत गर्न सकेको छैन् । उक्त आयोजनाको लागतभन्दा ठूलो नाफा कमाउने गरी आयोजना सञ्चालन गरिएको तथ्य समेत सार्वजनिक भएको छ ।

जम्मा लागत स्टमेट, निर्माण सम्पन्न गर्ने मितिलगायतका संवैधानिक रुपमा गर्नुपर्ने कार्यसमेत तयार नगरी आयोजना शुरु गरी जनताको जग्गा रोक्का गरेको बताइएको छ । नक्सा पास गरी घर निर्माण गरिसकेको ठाउँमा समेत प्रतिशत कायम गर्नुपर्ने भन्दै आयोजनाले जनतालाई दुःख दिएको भन्दै समितिले जनतालाई छलछाम गरी भ्रष्टाचार गरी दुःख दिएको, जनताको तीव्र गुनासो आएपछि एक वर्षअघि जग्गाको प्लटिङको नक्सा प्रकाशित गरेको, र त्यसमा भ्रष्टाचार, अनियमितता तथा पक्षपात भएको बुझ्न आएको जनाएको छ । 

आयोजनाले जनताको गुनासो तथा आक्रोस बढेपछि ३० दिनभित्र उजुरी दिने भनि सूचना जारी गरेको थियो । छानविन समिति गठन गरेपछि समितिले जनतालाई चित्त बुझ्दो कार्य, व्यवहार तथा उक्तर समेत नदिएको जनताले गुनासो गरेका छन् । 

Advertisement

Advertisement