गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

Advertisement

काठमाडौं । गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन् । डिल्लीबजार कारागारमा रहेका मनाङ्गेलाइ सर्वाेच्च अदालतको आदेश बमोजिम छोडिएको हा े। मनाङ्गे प्रदेश ४ का प्रदेश सभा सदस्य समेत हुन् ।

ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी जेलमा रहेका थिए । सर्वोच्च अदालतले गत माघमा पुनरावेदनको फैसला सदर गरेपछि उनी फरार रहेका थिए । फरार रहेका मनाङ्गेलाइ गत वैशाख ६ गते साँझ स्वयम्भुबाट पक्राउ गरेको थियो।

प्रदेशसभा निर्वाचनमा स्वतन्त्रबाट मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वा्चित मनाङ्गेले सर्वोच्चबाट कैद सजाय सदर भएपछि पक्राउ पर्ने डरले सांसद पदको सपथ पनि लिएका थिएनन ्। उनीविरूद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस समेत जारी गरिएको थियो ।

राजधानीमा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले मनाङ्गेलाई ज्यान मार्ने उद्योगअन्तर्गत २०६९ सालमा ५ वर्षको जेल सजाय सुनाएको थियो

Advertisement

Advertisement

Advertisement