काठमाडौं । जीप ब्राण्डको गाडि ‘कम्पास’ नेपाली बजारमा आएको छ । केही दिनअघि मात्रै नेपाली बजारमा भित्रिएको यो गाडीको न्यूनतम् मूल्य ८४ लाख ९० हजार रूपियाँ रहेको छ । महङ्गोमा एक करोड ३६ लाख रूपियाँसम्म पर्ने ‘कम्पास’का चार भेरियन्ट बजारमा उपलब्ध छन् ।
अहिले बजारमा चर्चामा रहेको यो गाडि डिजेट, पेट्रोल, टू ह्विल ड्राईभ र फोर ह्लिल ड्राईभ तथा त्यसमा पनि म्यालुअल र अटोमेटिक सुविधाहरू रहेका छन् । ‘कम्पास’ सात आकर्षक रंगहरूमा उपलब्ध छन् । पछिल्लो समय थप दुई आकर्षक रंगका गाडि पनि थपिएको कम्पनीले जनाएको छ ।
साधारणतया कालो, सेतो, रातो, सिल्भर, ग्रे रंगका गाडी पहिले आउने गरेकोमा अहिले ग्यालेक्सी ब्लु र डार्क ग्रीन रंगमा पनि ‘कम्पास’ आएको छ । यो गाडिको फ्युल ट्यांक ६० लिटर क्षमता क रहेको छ । त्यस्तै, माइलेजको हिसाबमा पनि यो गाडि राम्रो रहेको र काठमाडौं उपत्यकाभित्र तथा राजमार्ग दुबैका लागि यो उपयुक्त रहेको सिनियर सेल्स एक्जेक्विटिभ दिनेश कोईरालाले बताए ।
उनले ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया आएको भन्दै जीप ‘कम्पास’ले निकै राम्रो बजार लिने देखिएको बताए । यसले टायरमा हिलो, बालुवा लगायतका सडकको अवस्था आवश्यकताअनुसार ग्रीप दिने गर्छ । विषेशगरी कच्ची सडकलाई नै लक्षित गरेर बनाईएको ‘कम्पास’ पिच रोड र अरू रोडमा चलाउन पनि कुनै समस्या नहुने कोइरालाको भनाई छ । यस गाडिमा पाँच जनासम्मको सिट क्षमता रहेको छ ।
जीप ‘कम्पास’ नै किन ?
जीप भनेको सेकेन्ड वायरको लागि उपयुक्त गाडि हो । यसको मतलब अरू गाडिमा हात बसाएपछि मात्रै ग्राहकले जीप लिने गर्छन् । अरू गाडि लिँदा एक–दुई वर्षको लागि मात्र सोचेर लिने गरिन्छ । तर यो गाडि १० वर्ष यही चढ्छु भनेर लिने गरिन्छ ।
छोटो समयका लागि गाडि लिनु र लामो समयका लागि गाडि लिनु भनेको आफैमा निकै फरक कुरा हुन् भन्दै कोइरालाले जीप ‘कम्पास’ भनेको लामो समयका लिइने उपयुक्त साधनमा पर्ने गाडि हो भने । लामो समयका लागि गाडि चढ्ने हो भने नेपाली बजारमा अन्य गाडि किन्नुभन्दा जिप नै छान्नु निकै उपयुक्त हुने उनले बताए ।
विगतमा ग्राहकले आँखाले देखिने फिचरका आधारमा अरू गाडि लिने गरे पनि अहिले गाडिको गुणस्तरका आधारमा जिपलाई निकै छान्ने गरेको देखिएको छ । सुरक्षाको हिसाबले जीप निकै उपयुक्त रहेको ग्राहकहरूको अनुभव छ ।
बजारमा जीप ‘कम्पास’को माग बढ्दो
सिनियर सेल्स एक्जेक्विटिभ कोइराला भन्छन्, ‘जीप ‘कम्पास’ का लागि ग्राहकबाट राम्रो माग आएको छ । जीप ब्राण्डका गाडिमा पहिलेबाटै ग्राहकको आकर्षण रहँदै आएको थियो । अहिले ‘कम्पास’ लन्च गरे पनि पूरै नयाँ मोडल पहिलो पटक ल्याएका होइनौं । यसअघि पनि बजारमा हाम्रा गाडिको बिक्री वितरण भइरहेको थियो । आकर्षण पनि राम्रो थियो । यही बीचमा गाडिको केही फिचर परिवर्तन गरेका हौं । ग्राहकले यो गाडि पहिलेदेखि मन पराउँदै आउनु भएको थियो । र, उहाँहरूले फेरि पनि माया गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’
विषेशताः
कोइरालाका अनुसार ‘फेस लिफ्ट २०२१’ जीपले ल्याएको हो । पहिलेको भन्दा अहिले यसमा ‘लग्जरी’का सेवा सुविधा थप गरिएको छ । गाडिको हेडलाईट तथा अगाडिपट्टिको लुक्समा परिवर्तन भएको छ । ‘कम्पास’का टप भ्येरियन्टमा धेरै परिवर्तन भएको छ । मोनिटर, साउन्ड सिस्टम, सफ्ट टच लगायतका सुविधाहरू परिस्कृत भएका छन् ।
जीपका सबै गाडि भारतको पुनेबाट आउने हो । सोहीकारण नेपालमा यो गाडि ल्याउन सहज छ । पार्टसहरू किन्दा पनि निकै सहज छ । नेपालमा कुनै पार्टस् चाहिँदा भारतबाट सिधैँ आउँछ । तर अन्य गाडिहरूको हकमा दुई तीनवटा देश घुम्नु पर्दा ढिला हुनेलगायतका समस्या हुन्छ ।
कोइराला भन्छन्, ‘चौबिसै घण्टा सेवा दिनका लागि हामीले हटलाईनको समेत व्यवस्था गरेका छौं । त्यस्तै, दुर्गम भेगमा पुगेको बेलामा पनि हामीले खबर पाएमा सकेसम्म ग्राहकलाई आवश्यक सल्लाहदेखि सेवासम्मको सुविधा दिईरहेका छौं ।’
काठमाडौंमा मात्रै नभई भारतीय बोर्डर नजिक गएर पनि सर्भिसिङ गराए ग्राहकले पाउने सेवामा कुनै कमी नहुने व्यवस्था कम्पनीले गरेको छ । अरु गाडि तीब्र गतिमा चलाउँदा हलुका भएर बत्तिने सम्भावना हुन्छ । तर जीपमा त्यस्तो समस्या आउँदैन् ।’
नेपालमा सन् २०१८ मा जीप ब्राण्ड भित्रिएको हो । आएको तीन बर्षमै यो ब्राण्डले राम्रो बजारीकरण गरेको छ । यस अवधिमा करिव पाँचदेखि छ सयको हाराहारीमा जीपका गाडि बिक्री भइसकेको छ । जम्मा तीन वर्ष अवधिमा नेपालमा मात्रै त्यति धेरै गाडि बेच्नु भनेको अटो बजारमै निकै ठूलो सफलता भएको कम्पनीको भनाई छ ।
दुई दशकदेखि संघर्ष गरिरहेका कतिपय ब्राण्ड पुग्न नसकेको ठाउँमा जीप सजिलै पुग्न सफल भएको छ । ‘नेपालमा जीप मात्रै एउटा यस्तो ब्राण्ड हो जसले फिक्स प्राइस राख्छ’, कोइरालाले भने ।
उनले इन्स्योरेन्सहरूमा केही अफर राखेको र कुनै विशेष अवस्थामा एक्सचेञ्ज अफर निकाल्ने गरेको बताए । तर त्यसमा छुट चाहीं नहुने कोइरालले बताए । ‘ग्राहकलाई छुट दिनुभन्दा पनि गुणस्तर दिनु राम्रो कुरा हो’, उनी भन्छन् ।
जीपका गाडि ग्राहकले एकपटक लिएपछि फिर्ता गरेको अहिलेसम्म आफूले थाहा नपाएको बताउँदै सिनियर सेल्स एक्जेक्विटिभ कोइरालाले भने, ‘जसले जीप किन्नु भएको छ, उहाँहरू हाम्रो ब्राण्डमा सन्तुष्ट नै हुनु भएको हामीले पाएका छौं । पछिल्लो समय ग्राहकहरूले एकदमै रूचाएको गाडिमा पर्छ जीप ‘कम्पास’ ।