काठमाडौं । पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धिपछि अस्कल क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउँदै मूल्यवृद्धिको विरोध गरे । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेर उनीहरुलाई लेखेटेको थियो । पछि विद्यार्थीहरुले प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए ।
विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ भन्दै सरकार र नेपाल आयल निगमविरुद्ध प्लेकार्डसहित नाराबाजी गरेका थिए । निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपियाँ मूल्यवृद्धि गरेको थियो ।