रोयल भुटान आर्मीका लप्टन दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो भुटानी

Advertisement

सगरमाथा आधार शिविर । जिग्मे पाल्देन दोर्जे विश्वको सर्वोच्च शिखर आरोहण गर्ने पहिलो भुटानी बनेका छन् । उनी रोयल भुटान आर्मीका लप्टन हुन् ।

दोर्जेले सोमबार विहान ९ः३० मा सगरमाथाको सफल आरोहण गरेको पायोनियर एडभेन्चर प्रा.लि.का अध्यक्ष पासाङ शेर्पाले बताए । उनले गाइड चक्र राईसँग सगरमाथा आरोहण गरेका हुन् ।

Advertisement

दोर्जेले भनेका छन्, ‘वरिष्ठ गाइड चक्र राईसँग सगरमाथाको चुचुरोमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको छ । यसले मलाई उत्साहित बनाएको छ । सन् १९५३ पछि सगरमाथाको धेरैले आरोहण गरिसकेका छन् । तर सानो हिमाली देश भुटानबाट आरोहण गर्न सफल भएकोमा मलाई धेरै हौसला र दृढ संकल्प दिएको छ । यो अवसर मेरो लागि राजा र देशको लागि देशभक्तिपूर्ण कार्यको रुपमा काम गर्नेछ ।’ 
 

Advertisement

Advertisement