औद्योगिक क्षेत्रको १६ घण्टे अघोषित लोडसेडिङ समाधान नभए उद्योगहरु बन्द गर्ने चेतावनी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले औद्योगिक क्षेत्रमा गरिएको चर्को लोडसेडिङ तत्काल समाधान गर्न आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणले ग्राहस्थतर्फ मात्रै विद्युत आपूर्ति गरेर उद्योगहरुमा विद्युत आपूर्ति करिव ठप्प जस्तै बनाएपछि महासंघले प्रतिक्रिया जनाएको हो । 

औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै महासंघले मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुुगेको जनाएको छ । 

Advertisement

यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउने महासंघको भनाई छ । महासंघको विज्ञप्तिमा भनिएको छ, ‘चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएका छन् ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउ“छ ।’ 

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटकपटक गरेको प्रतिवद्धताको स्मरण गराउँदै महासंघले यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने बताएको छ । एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता बढेको बताएको छ । 

उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघले बताएको छ । 

उसले विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यातनै प्रभावित हुने भन्दै विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्रायः छ भनेको छ । 

त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने महासंघको विश्लेषण छ । विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको विजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न आग्रह गरेको छ । 

त्यस्तै उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन पनि उसले आग्रह गरेको छ । महासंघले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्नसक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुुपर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ । 

चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नुु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै महासंघले समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराएको छ ।

Advertisement

Advertisement