आजको मौसम : यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Advertisement

काठमाडौं । अहिले बिहान हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि  मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञानका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

विभागले कोशी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुनेछ ।

त्यसैगरी राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ। 

Advertisement

Advertisement