काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १२ लाख ९५ हजार ६ सय ४२.३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एक लघुवित्त र एक बीमा कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको ४ लाख ३९ हजार ४०.६५ कित्ता शेयर सूचीकृत भएको हो ।
त्यस्तै एनएलजी इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ५.५० प्रतिशत बोनस बापतको ८ लाख २ हजार ६ सय १.६९ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।