पेट्रोलियम ढुवानी व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन गर्ने

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुनेगरी पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आज सोमबारबाट देशव्यापी आन्दोलन गर्ने बताएको छ । तीन बुँदे माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको हो । 

साउन १५ गतेसम्म ढुवानीभाडा वृद्धि गर्न माग गरेको महासंघले सो माग पूरा नभएपछि हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने उल्लेख गर्दै आजदेखि हवाई इन्धनको ढुवानी रोक्ने, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड–अनलोड नगर्ने चेतावनी दिएको छ । 

Advertisement

आफूहरुले नेपाल आयल निगम समक्ष पटकपटक डिजेलबाहेक अन्य संचालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएको र विभिन्न अध्ययन समितिले प्रतिवेदन पेश गरी संचालक समितिसमक्ष समेत पेश भइसकेर पनि हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको भन्दै महासंघले आफ्नो प्रतिनिधिसमेत रहेको कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार हुने ढुवानी भाडा समायोजन नगरिएकाले आन्दोलनमा उत्रनु परेको बताएको छ । 

Advertisement

Advertisement