पूरानो बक्यौता चुक्ता गरेपछि आयल निगमले इन्धनको मूल्य घटायो

Advertisement

काठमाडौं । पूरानो बक्यौता चुक्ता गरेपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपियाँले घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपियाँ र डिजेलको मूल्य १६० रुपियाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपियाँ र डिजेलको मूल्य १५९ रुपियाँ कायम भएको छ ।

Advertisement

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपियाँ र डिजेलको मूल्य १५७ रुपियाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भन्दै नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपियाँ बढेर आएको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपियाँ घाटा रहेको निगमको भनाइ छ । तर, आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको जनाइएको छ । 

Advertisement

Advertisement