‘गरिखान देउ’ भन्दै फुटपाथ व्यवसायी विरोधमा उत्रिए

Advertisement

काठमाडौं । ‘गरिखान देउ’ भन्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाविरूद्ध सडक आन्दोलन सुरु गरेका छन् । एमालेनिकट श्रमिक संगठन जिफन्टको ब्यानरमा उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् । 

ब्यानर र विभिन्न नाराअंकित प्लेकार्डसहित विरोधमा उत्रिएका कतिपय व्यवसायीले आफ्ना काखे बच्चासमेत बोकेर आएका थिए । उनीहरुले काठमाडौं महानगरपालिकाको गेटमा धर्ना दिएका थिए । 

Advertisement

बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना लगाउँदै फुटपाथ व्यवसायी भद्रकाली हुँदै महानगर कार्यालयको मूल गेटमा पुगेका थिए । उनीहरुले ‘कि रोजगारी दे, कि गरिखान दे’ भन्दै नारा लगाएका थिए । महानगरले साना तथा स्वरोजगार व्यवसायीहरुमाथि दमन गरेको उनीहरुको गुनासो छ । 

महानगरपालिकाले पैदल यात्रुका लागि बनाइएको फुटपाथ व्यवसायीले ओगट्दा पैदलयात्रुलाई समस्या भएको भन्दै उनीहरुलाई हटाएको थियो । साथै, महानगरले अनधिकृतरुपमा बनाइएका भौतिक संरचना र विज्ञापनका होडिङ बोर्डहरु पनि हटाएकाले त्यसबाट प्रभावितहरु महानगरपालिकाका मेयर बालेन शाहसँग रुष्ट भएका छन् । 

Advertisement

Advertisement