पशु आहार उत्पादनका लागि दुई उद्यमीद्धारा साढे चार करोड लगानी, तीस जनालाई रोजगारी

Advertisement

काठमाडौं । साढे चार करोड रुपियाँ लगानीमा दुई जना व्यवासयीले विगत तीन बर्षदेखि पशु आहार उत्पादन गर्दै आएका छन् । ‘नेपाल पशु आहार प्रा.लि.मार्फत दाङमा कारखाना खोलेर उनीहरुले ‘पशु आहार (जसलाई साइलेज भनिन्छ) उत्पादन गर्दै आएका हुन् ।  

दुई व्यवसायीमध्येका एक सुरेश रेग्मीले घाँस, पराल, गहुँको भुस, मुसुरोको भुस, मकैको बोटलाई एक महिना खाडलमुनी पुरेर बनाइने यो पशु आहार घाँस खाने सबै घरपालुवा पशुका लागि उपयोगी हुने बताए । उनको यस व्यवसायबाट मासिक करिव २५ लाख रुपियाँको कारोबार हुने गरेको बताउँदै उद्योगमा ३० जनाले रोजगारी पाएको पनि जानकारी दिए । 

Advertisement

रेग्मीले भने, ‘सिजनमा घाँस पराल खेर जाने र अफसिजनमा अभाव हुने गर्छ । यो खालको असन्तुलनलाई कम गर्न किसानहरुलाई सहज होस भनेर साइलेज उत्पादन सुरु गरेका हौं ।’ अहिले उनको उद्योगबाट एक हजार तीन सय कृषि फार्मलाई साइलेज बिक्री भइरहेको छ । 

कारखानाबाट मासिक पाँच लाख किलो साइलेज बिक्री गर्दै आएको बताउँदै रेग्मीले थपे, ‘सिजनमा हामी किसानले खेती गरेकै ठाउँमा गएर घाँस, पराल, भुस किनेर ल्याउँछौं । त्यसरी ल्याएर साइलेज बनाएपछि सिजनमा प्रतिकिलो १२ रुपियाँ र सिजना नहुँदा प्रतिकिलो १४ रुपियाँमा बिक्री गर्छौं । अनलाइनबाट पनि साइलेज बिक्री गर्ने गरेको उनले सुनाए । रेग्मीले साइलेज एक वर्षसम्म संरक्षण गरेर राख्न सकिने बताए । 

घाँस पराललाई सानो आकारमा काट्ने मेसिन भारत र जर्मनीबाट ल्याएको व्यवसायीद्धयले कपिलवस्तु, बारा, जनकपुर, धनुषा, पाल्पाका किसानबाट कच्चा पदार्थ संकलन गर्ने र कुनै मिसावट नगरी साइलेज तयार गरेर बिक्री गर्दै आएका छन् । असल गुणस्तरको साइलेज पशुले रुचाएर खाने र उनीहरुबाट उत्पादन पनि बढी लिन सकिने बताउँदै रेग्मीले भने, ‘साधारणतया साइलेजको रङ फिका पहेलो छ भने त्यो खान योग्य छ । पशुले मन पराएर खान्छ । साइलेजको रङ कालो खैरो वा कालो हरियो भएमा खान योग्य छैन् भन्ने हो ।’

बानी नपरेका पशुहरुले सुरुसुरुमा साइलेज त्यति मन लगाएर नखाए पनि पछि बानी पार्ने बताउँदै उनले सुरुमा साइलेजमा प्रोटिनको मात्रा बढाउन कोसेवाली घाँस मिसाउनु पर्ने बताए ।

Advertisement

Advertisement