काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको ९५ हजार ६२५ कित्ता शेयरको ‘लकइन’ अवधि आज सकिँदै छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँट गरेको थियो ।
सोमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपियाँबराबरको ९५ हजार ६२५ कित्ता शेयर छुट्याएको थियो ।
सोही शेयरको ‘लकइन’ अवधि आज सकिन लागेको हो ।