नेपाल इन्स्योरेन्सको साधारणसभा आज, ४० प्रतिशत हकप्रद प्रस्ताव पारित हुने

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज (जेठ ४ गते) बस्दैछ । 

सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ ।

Advertisement

सभाले हाल कायम जारी तथा चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपियाँको ४० प्रतिशत अर्थात्र १०ः४ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । अतः वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

Advertisement

Advertisement