चक्र बुढाले छाडेपछि को बन्दैछ भन्सार विभागको महानिर्देशक ?

Advertisement

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले बजेटको मुखमा धमाधम कर्मचारी सरुवा सुरु गरेका छन्। बजेट आउन २५ दिन अघि अर्थ सचिव फेरेका मन्त्री महतले बजेटमा अनुकुल हुने गरी कर्मचारी सरुवा सुरु गरेका हुन्।

एकै पटक मन्त्रालयका धेरै कर्मचारीहरु सरुवा गर्दा विवादमा आइने डरले मन्त्री महतले एक एक जना गरी सरुवा गरेका हुन्। मन्त्रालय आउने बित्तिकै उत्तरकुमार खत्री र भुपाल बराललाई बजेट महाशाखामा ल्याएका मन्त्री महतले मंगलबार भन्सार विभागका महानिर्देशक चक्रबहादूर बुढालाई सरुवा गरेका छन्। बुढालाई सरुवा गरेपछि मन्त्रालय भित्रैबाट पठाउने तयारी गरेका छन्।

Advertisement

बुढाले पछिल्लो समय आफू भन्सार विभागमा नबस्ने भन्दै मन्त्री महत समक्ष सरुवा मागेका थिए। बुढा जनार्दन शर्मा अर्थमन्त्री भएको समयमा बजेट महाशाखामा रहेका थिए। मन्त्री अनुकुल फाइल अघि बढाइदिए वापत मन्त्री छाड्ने बेला शर्माले बुढालाई भन्सार विभागका महानिर्देशक बनाइदिएका थिए।

हाल विभागमा २ उपमहानिर्देशक रहका छन्। दुई उपमहानिर्देशक मध्ये सिनियरलाई कामु महानिर्देशकको जिम्मा दिइनेछ। मन्त्रालयमा रहेका भुपाल बराल बजेट सकिएपछि दुई विभाग मध्ये एक विभागको महानिर्देशक बन्ने छन्। यसका लागि उनले मन्त्रालयको महत्वपुर्ण शाखा लिएका छैनन। बजेटपछि आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा नभए बराल भन्सार विभागका महानिर्देशक बन्ने छन्।

Advertisement

Advertisement