म एकलव्वेको सन्तान हुँ, शिर काटेर दिन तयार छु, मन्त्री पद त मामुली कुरा हो: किराती

Advertisement

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नराम्रो काम नगर्दा पनि आफूमाथि प्रायोजित प्रचार गरिएको गुनासो गरेका छन् । 

शनिबार राजधानीमा आयोजित किरात राई समुदायको कार्यक्रममा उनले मन्त्रालय हेरफेर तथा मन्त्रीबाट फिर्ता बोलाइने हल्लाप्रति लक्षित गर्दै त्यस्तो गुनासो गरेका हुन् । 

Advertisement

किरातीले भने, ‘मलाई आमाले सानोमा गलत काम नगर्नु भनेर अर्ती दिनुभएको छ । अहिले मन्त्री भएपछि प्रधानमन्त्री तथा मेरो पार्टीका अध्यक्षले राम्रो काम गर्नु, नराम्रो गर्ने छुट छैन भनेर निर्देशन दिनुभएको छ ।’ 

आमाको उपदेश र प्रधानमन्त्रीको निर्देशनबाट आफू विमुख नहुने भन्दै उनले दाहाललाई खुशी पार्ने प्रयास गरे । किरातीले थपे, ‘मेरो आमा जन्माउने देश र जनतालाई धोका दिने काम नगर्दा मेरो मन्त्री पदको सौदाबाजी गर्छन् भने हेक्का रहोस् । म एकलव्वेको सन्तान हुँ । शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर न हिड्न मेरो अनुरोध छ । अन्यथा केवल आगोको ज्वालामा खेल्न आएको पुतलीको हविगत शिवाय अरु केही हुने छैन् ।’

मन्त्री किरातीले शनिबार स्वायम्भु सरसफाई अभियान समेत सञ्चालन गरे । यसअघि तीन महिने पशुपति सरसफाई र एक दिन बौद्धनाथमा समेत उनले सरसफाई गरेका थिए । सम्पदा सरसफाई अभियान अन्तर्गत निरन्तर प्रत्येक शनिबार सरसफाई विभिन्न सम्पदा सरसफाई गर्ने योजना रहेको छ ।

Advertisement