विराटनगरले ८५ करोडभन्दा धेरैले घटाएर ल्यायो तीन अर्ब २८ करोडको बजेट

Advertisement

त्यस्तै, विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख शिल्पा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । 

प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रमा एक अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रमा तीन करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा तीन करोड पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा दुई करोड ७२ लाख रुपियाँ खर्च विनियोजन गरिएको छ । 

Advertisement

विराटनगरले चालु वर्षका लागि तीन अर्ब ७३ करोड ७५ लाख रुपियाँ बजेट ल्याएको थियो । पछि यसलाई संशोधन गरेर चार अर्ब १७ करोड पुर्याएको थियो । अहिले भने भारी मात्रामा बजेट कटौती गरिएको हो । आन्तरिक आम्दानीबाट प्रशासनिक खर्च समेत धान्न नसकेर राजश्व बाँडफाँटको रकमबाट प्रशासनिक खर्च गर्दै आएको महानगरले बजेटमा भारी कटौती गरेको हो । 

आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको व्यवस्थापन गर्न केन्द्रीय सरकारबाट एक अर्ब १९ करोड २४ लाख, प्रदेशबाट चार करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, संघ सस्थााबट तीन करोड र नगद मौज्जादबाट दुई करोड आय हुने अनुमान गरिएको छ । 

Advertisement

Advertisement