गठवन्धन फेरियो तर हामी पूरानै बजेटका सिद्धान्त र प्राथामिकतामा छलफल गर्दैछौंः पौडेल

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकतालाई पुनःलेखन गर्न सुझाव दिएका छन् । यसअघि अघिल्लो गठवन्धनका अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको सिद्धान्त र प्राथमिकता फेर्नुपर्ने पक्षमा पौडेल देखिएका हुन् । 

बिहीबार संसदमा पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई निःवर्तमान अर्थमन्त्री महतले पेश गरेको प्रश्तावलाई सांसदमा भएको छलफल र सांसदहरुको धारणाको आधारमा पूर्णरुपमा परिमाजर्न गर्न आग्रह गरे । अघिल्ला अर्थमन्त्रीले संसदमा प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथामिकतलाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको उनले बताए । 

Advertisement

बजेटका सिद्धान्त र प्राथामिकत प्रश्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथामिकता प्रश्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गर्दै पौडेलले बजेटका सिद्धान्त र प्राथामिकतलाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिए । उनले बजेटको सिद्धान्त र प्राथामिकता परिमार्जन नगरेसम्म समर्थन गर्न लाएक नभएको जिकिर गरे । 

पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्ननसक्ने दाबी गरे । उनले बजेटको सिद्धान्त र प्राथामिकतामा सिद्धान्त र प्राथामिकता दुवै नभेटिएको भन्दै पेपर पोलुसन गर्ने काम मात्रै भएको बताए । पौडेलले यो सिद्धान्त र प्राथामिकताको प्रश्तावमा छलफलले संसदको समयलाई अपव्यय हुने बताए । 

नेता पौडेलले यो बजेटका सिद्धान्त र प्राथामिकताले अर्थतन्त्रका कुनैपनि विषयलाई  निर्देशित नगर्ने बताए । उनले भने ‘आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने अर्थमन्त्री बाहिरिनुभएको छ । नयाँ अर्थमन्त्री आउनुभएको छ । अहिलेका अर्थमन्त्रीले प्रश्तुत गर्नुभएको होइन । तर कानूनी प्रवद्र्धन र सदन सञ्चालनका विषयलाई ध्यानमा राख्दै यस माथि छलफल गरिरहेका छौं । बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धम सामान्यतया प्रश्तुतकर्ता फेरिएपछि सिद्धान्त र प्राथमिकता फिर्ता लिएर अर्को प्रश्तुत गर्न पाएको भए राम्रो हुने थियो । व्यवहारिक जटिलताको कारण यसरी नै छलफल गरिरहेका छौं । यो बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा व्यापक छलफल गरेर छलफलका आधारमा अर्थमन्त्रीले शिरदेखि पुच्छरसम्म नै पुर्नलेखन गर्नुहोस् ।’ 


पौडेलले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकतामा नेपाली काँग्रेसले राखेको धारणाले पुष्टि गरेको बताए । उनले काँग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रश्तावले देशको समस्या समाधान गर्न नसक्ने बताए । 

पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि उनले अर्थमन्त्री पुनलाई सुझाव दिए । 

Advertisement

Advertisement