काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको हो ।
डिजल र मट्टीतेलमा प्रतिलिटर रु. १४ र पेट्रोल प्रतिलिटर रु. ५ ले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
नियमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १७५ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु. १६४.५ कायम भएको छ ।