प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा ५१ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासंगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजन गरेको छ । 

आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रममा कूल ५१ जना रक्तदाताले रक्तदान गरे । 

Advertisement

कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने आशा गरी हार्दिक धन्यवाद ज्ञापन गरे । 
 

Advertisement

Advertisement