हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल प्रस्तावित, प्राधिकरणबाट स्वीकृत हुन बाँकी

Advertisement

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा उपासना पौडेलको नाम प्रस्ताव गरेको छ ।  

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पुगेको तर स्वीकृत हुन बाँकी रहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । 

Advertisement

कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चन्द्रशेखरन रामामुर्तिको राजीनामा स्वीकृत गर्दै पौडेललाई सीईओ नियुक्त गर्न प्रस्ताव गरेको हो । 

पौडेल हाल उक्त कम्पनीको डेपुटी सीईओको रुपमा कार्यरत छिन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ थिइन् । 

Advertisement

Advertisement