निर्माण व्यवसायीलाई काम गरेको पैसा भुक्तानी गर्न संसदीय समितिको निर्देशन

Advertisement

काठमाडौं । संसदको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीहरूले काम गरेवापत पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । 

आज बुधबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिले निर्देशन दिएको हो । बैठकमा सांसदहरुले निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाई हुनुको कारणसहित प्रश्न उठाएका थिए । 

Advertisement

भुक्तानी माग गर्दै व्यवसायीले चरणवद्ध आन्दोलन गरे पछिल्ला दिनमा उनीहरु मौन देखिन्छन् । समितिले ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । 

बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए ।

उनले अन्य मन्त्रालयको तीन र भौतिक मन्त्रालयको मात्र चार अर्ब रुपियाँ भुक्तानी दिन बाँकी रहेको दावी गरे पनि व्यवसायीले आफूहरुको ५० अर्बभन्दा बढी बाँकी रहेको बताएका छन् । 

Advertisement

Advertisement