कार्यविधि लुकाएर उद्योग विभागले जारी गर्यो सुपारी आयातकर्तालाई लामो ‘चेकलिष्ट’

Advertisement

काठमाडौं।  उद्योग विभागले सुपारी, मरिच र केराउ आयात गर्ने व्यवसायीलाई १२ प्रकारका कागजात ल्याउन भनेको छ । विभागले सूचना जारी गर्दै १२ प्रकारका कागजात पेश गर्न भनेको हो । 

यसमा उद्योग दर्ता प्रमाणपत्र तथा कम्पनी दर्ताको अद्यावधिक प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर (भ्याट)मा आवद्ध स्थाई लेखा नम्बर (प्यान) दर्ताको प्रमाणपत्रको प्रतिलिपि आदि छन् । 

Advertisement

विभागले पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित उद्योगको जडित क्षमता, सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्यको प्रमाणित स्वघोषणा पनि पेश गर्न भनेको छ । 

यसैगरी, विभागले वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, सम्बन्धित उद्योगले प्रमाणित गरेको उत्पादन र बिक्री विवरण, प्रोफर्मा ईन्भ्वाईस पत्र वा सम्झौतापत्रको प्रतिलिपि, निकासी पैठारी संकेत नम्बरको प्रतिलिपि पनि माग गरेको व्यवसायीको भनाई छ ।  

यस्तै, इजाजतपत्र लिन चाहने उद्योगको सञ्चालक वा निजले तोकेको आधिकारिक प्रतिनिधिको नेपाली नागरिकताको प्रतिलिपि, गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन, विगत आर्थिक बर्षहरुमा यस्तो कच्चा पदार्थ आयात गरेको भए त्यसको विवरण प्रमाणित गर्ने कागजात र सुपारी खपतको हकमा दाखिला गरेको अन्तःशुल्क समेत उल्लेख गर्नु पर्नेछ । 

विभागले कार्यविधि भने सिमित व्यवसायीलाई उपलब्ध गराएर गोप्य राखेको छ । कार्यविधिमा के के संशोधन भयो ? भन्ने विषय पनि गोप्य राखिएको एक व्यवसायीले बताए । 

Advertisement

Advertisement