अर्को निर्णय नगर्दासम्म त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमलाई नै दिन निर्देशन

Advertisement

काठमाडौं । सरकारले अर्को निर्णय नगर्दासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) नेपाल वायुसेवा निगमलाई नै यथावत दिन निर्देशन दिएको छ । 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ राम्रोसँग गर्न नसकेको भन्दै प्रतिस्पर्धाको आधारमा दिने निर्णय गरेको थियो । निगमको आन्तरिक व्यवस्थापन कमजोर र भद्रगोल भए पनि ‘ग्राउन्ड ह्यान्डलिङ’बाट आाएको करोडौं रुपियाँ उसका कर्मचारी पाल्ने माध्यम बन्दै आएको छ । 

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयले ‘ग्राउन्ड ह्यान्डलिङ’ सम्बन्धमा औपचारिकरुपमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको तर्क गर्दै  सरकारले अर्को निर्णय नगर्दासम्म निगमकै ‘ग्राउन्ड ह्यान्डलिङ’ यथावत राख्न निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

‘ग्राउन्ड ह्यान्डलिङ’ निगमले नै पाउनुपर्ने भन्दै दबाब दिन निगमका ट्रेड युनियनहरुलाई केही दिनदेखि विरोध र धर्नामा उतारिएको थियो । 

Advertisement