उद्योग मन्त्रालयले लगायो चिनी आयातमा कोटा प्रणाली, स्वीकृति लिएर मात्रै आयात गर्नुपर्ने

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातमा कोटा प्रणाली सुरु गरेको छ । मन्त्रालयले भारतबाट आयात हुने चिनीमा कोटा प्रणाली सुरु गरेको हो ।

यसका लागि चिनी खपत गर्ने उद्योगसँग निवेदन माग गरिएको छ । यसरी दिइएको निवेदन मन्त्रालयले स्वीकृत गरेपछि मात्रै आयातको लाइसेन्स पाइनेछ ।

Advertisement

सरकारको अनुरोधबमोजिम भारत सरकारबाट २५ हजार टन चिनीको कोटा परेको उद्योग मन्त्रालयको दाबी छ । भारतको नेश्नल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडमार्फत बिक्री गर्ने गरी नेपाललाई २५ हजार टन चिनीनिको कोटा निर्धारण गरिएको हो ।  

सो चिनी आयात अनुमति कोटा अन्तर्गतको चिनी कच्चा पदार्थको रुपमा प्रयोग गर्न इच्छुक उद्योगहरुले उद्योग विभागमा निवेदन दिनुपर्ने छ ।

निवेदनमा उद्योगको नाम, ठेगाना र सम्पर्क नम्बर, उद्योगको दर्ता नम्बर दर्ता भएको निकाय र दर्ता मिति उद्योगको स्किम अनुसार वार्षिक खपत परिमाण खुलाउनु पर्नेछ । यस्तै, गत वर्षको खपत परिमाण ,यस कोटाअन्तर्गत आयात गर्न इच्छुक परिमाण, हाल उद्योग सञ्चालनमा रहे नरहेको अवस्था खुलाउन विभागले भनेको छ ।  
 
कोटा अन्तर्गतको चिनी आयात गर्दा न्यूनतम् परिमाण २६ सय माग दाबी गर्नु पर्नेछ । उद्योग मन्त्रालयले सुपारी, केराउ, मरिच, छोकडालगायत वस्तुमा कोटा प्रणाली लगाएर कर्मचारी तथा मन्त्रीले अनुचित लाभ लिइरहेका छन् । चिनीको आयातमा पनि मन्त्रालयले कोटा प्रणाली सुरु गरी अनुचित लाभ उठाउन खोजेको देखिन्छ । 

 

Advertisement

Advertisement