बालेनले विकल्पसहित न्युरोडमा पार्किङ निषेध गरे पनि व्यापारीहरु सटर बन्द गरेर विरोधमा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै पार्किङ नदिएको बिरोधमा व्यापारीहरु सटर बन्द गरेर बिरोधमा उत्रिएका छन् । 

मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२, २३ र २४ वडाका व्यासारीले सटर बन्द गरेर विरोध प्रदर्शन गरेका हुन्् । 

Advertisement

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेकोे छ । व्यापारीहरुले सरोकारवालाहरुसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने बताए । 

उनीहरुले कोरोना महामारी लगायतका विभिन्न कारणबाट शिथिल बनेर युवा व्यवसायीहरु विदेश पलायन भएको अवस्थालाई थप प्रोत्साहन हुनेगरी पार्किङ निषेध गरिएको व्यापारीहरुको गुनासो छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । 

तर, व्यापारीहरु त्यो पार्किङ उपयुक्त नभएको बताउछन् । ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष गोकुलदत्त शर्माले कोरोना महामारी लगायत अर्थतन्त्रमा देखिएको समस्याको कारण व्यवसायबाट पलायन हुन थालेका व्यापारीहरुलाई हतोत्साही बनाएर काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारी पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाए । 

उनले बिहानदेखि नगरप्रहरीहरु ल्याएर ज्यादती गर्ने काम गरेको बताए । शर्माले नेपालको व्यापारको केन्द्र न्युरोड क्षेत्रमा सवारी साधन पाकिङ बन्द गर्दा व्यापार शुन्यमा झर्ने बताए । उनले महानगरले गरेको पार्किङ बन्दको बिरुद्धमा पसलहरु बन्द गरेर बिरोध जनाएको उल्लेख गरे । शर्माले पाकिङ बन्द गरेर समस्याको समाधान नहुने भन्दै महानगरपालिका यसको विकल्पमा जानुपर्ने बताए । 

उनले राज्यलाई राजश्व बुझाएर लाखौं भाडातिरेर व्यापारीहरु बसेको भन्दै पार्किङ एक्कासी बन्द गर्दा आफूहरुलाई असर पर्ने बताए । शर्माले पीडामा परेका बेलामा राज्यले सरोकारवाला निकायहरुसँग समन्वय गरी पाकिङको विकल्प दिएर मात्रै हटाउन आवश्यक रहेको बताए । 

व्यापारी शर्माले न्यरोड १० हजार भन्दा बढी रोजगार जोडिएको क्षेत्र रहको भन्दै युवाहरु मेयरको बिरुद्धमा उत्रिने चेतावनी दिए । उनले बुधवारदेखि २२, २३ र २४ नम्बरका सबै व्यापारीहरुले पूर्ण रुपमा सटर बन्द गरेर नगरपालिकालाई चाबी बुझाउने चेतावनी दिए । 

शर्माले भने, ‘कोरोना महामारी लगायत अर्थतन्त्रमा देखिएको समस्याको कारण व्यवसायबाट पलायन हुन थालेका छन् । यस्तो अवस्थामा थप बढवा दिने गरेर काठमाडौं महानगरपालिकाले न्यरोड क्षेत्रमा सवारी पार्किङ बन्द गर्ने निर्णय ग¥यो । बिहान देखि नगरप्रहरीहरु ल्याएर ज्यादती गर्ने काम गरेको छ । नेपालको व्यापारको केन्द्र न्युरोड क्षेत्रमा सवारी साधन पाकिङ बन्द गर्नु राम्रो होइन । पछिल्लो समय युवा व्यवसायीहरु विदेश जान बाध्य भएका छन् । त्यस्तो बेलामा महानगरले गरेको पार्किङ बन्दको विरुद्धमा पसलहरु बन्द गरेर विराध जनाएका छौं । पाकिङ बन्द गरेर समस्याको समाधान हुँदैन । महानगर पालिका यसको विकल्पमा जानुपर्छ । राज्यलाई राजश्व बुझाएर लाखौं भाडातिरेर व्यवसायीहरु बसेका छन् । पाकिङ एक्कसी बन्द गर्दा व्यवसायीहरुलाई असर पर्छ । व्यवसायीहरु पीडामा परेको बेलामा राज्यले सरोकारवाला निकायहरुसँग समन्वय गरी पार्किङको विकल्प दिएर मात्रै हटाउनुपर्छ । न्युरोड क्षेत्रका २२,२३ र २४ वडा नम्बर भित्रका व्यवसायीहरुले बिरोध जनाएका छौं । न्युरोड १० हजार भन्दा बढी रोजगार जोडिएको क्षेत्र हो । त्यसले पनि महानगरका मेयरलाई अफ्ठ्यारो पर्नसक्ने अवस्था छ । युवाहरु प्रतिरोधमा उक्र्न सक्ने अवस्था आउनसक्छ । भोलिदेखि २२,२३ र २४ नम्बरका सबै व्यवसायीहरुले पूर्ण रुपमा सटर बन्द गरेर नगरपालिकालाई चाबी बुझाउँछौं ।’

ताम्राकार मोबाइल व्यापार संघका संस्थापक अध्यक्ष जगत साउदले पनि न्यरोड मुलुकभरकै व्यापारको लागि मुटु भएकाले यो क्षेत्रमा पार्किङ बन्द गर्दा ठूलो नोक्शानी हुने बताए । उनले न्युरोड क्षेत्र साधुरो भएकाले पार्किङ गर्ने ठाउँ छैन भन्दै महानगरले उचित व्यवस्थापन विना रातारात सूचना निकालेर बन्द गर्नु गलत भएको बताए । 

ताम्राकारले पार्किङ गर्न नदिनु व्यापारीहरुले सटर बन्द गरे जस्तै भएकाले त्यसैको बिरुद्धमा सटर बन्द गरिएको बताए । उनले नगरपालिकाले पार्किङ तोकेको ठाउँ प्राप्त नभएको बताए । 

उनले भने, ‘न्युरोड मुलुकभरकै व्यापारको लागि मुटु हो । ७७ जिल्लाका व्यवसायीहरु सामान किन्न न्युरोड क्षेत्रमा आउँछन् । न्युरोड साँघुरो भएकाले पार्किङको समस्या छ । यो ठाउँमा पार्किङ भएन भने सामान किन्न को आउँछ ? पार्किङ गर्न नदिनु व्यवसायीहरुले सटर बन्द गरे जस्तै हो । त्यही त्यसैको बिरुद्धमा हामीले सटर बन्द गरेका हौं । सवारी पार्किङको लागि महानगरपालिकाले विकल्प दिनुपर्छ  । नगरपालिकाले पार्किङ तोकेको ठाउँ प्राप्त छैन । व्यवसायीहरुसँगको समन्वय बिना राति सूचना निकालेर विहान प्रहरी लगाएर धरपकट गर्ने काम राम्रो भएन । विकल्प नदिएसम्म विरोधका कार्यक्रम जारी रहन्छन् ।’

त्यस्तै न्युरोडमा सामान खरिद गर्न गएका मिलन प्रधानले पार्किङ निषेध गरिएको जानकारी नहुँदा न्युरोड आएर बाइक पार्किङ गर्न नपाएको बताए । उनले पहिला २५ रुपियाँ तिरेर पाँच मिनेट राख्न पाइने व्यवस्था ठिक रहेको बताए । उनले महानगरपालिकाले न्युरोड आउने ग्राहकको लागि पार्किङ स्थान तोक्न आवश्यक रहेको बताए । 

त्यस्तै, न्युरोडकै मोबाइल व्यापारी साजन दुलालले मोबाइल लगायतको व्यापार घटेको अवस्थामा थप घट्ने बताउनु भयो । उहाँले दरबारमार्ग मुख्य सडक रहेकाले पार्किङ हटाउनु राम्रो भएपनि न्युरोडमा हटाउनु राम्रो नभएको बताउनु भयो। त्यस्तै अर्का कपडा व्यापारी राजेन्द्र श्रेष्ठले महानगरपालिको निर्णय राम्रो भए पनि न्यरोडका व्यवसायीहरुको लागि राम्रो नभएको बताए । 

न्युरोड जाने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्गे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

Advertisement

Advertisement