दश बर्षभित्र बार्षिक ३५ लाख पर्यटक भित्राउन पनि पर्यटन विश्वविद्यालय चाहिन्छः मन्त्री किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने आफ्नो योजना रहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा पनि उल्लेख भएको कुरालाई आफूले कार्यान्वयन गर्ने तयारीमा रहेको बताए । 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेटमेन्ट ‘न्याथम’सँग मर्ज गर्ने नीति अन्तर्गत गएका किरातीले बताए । 

Advertisement

‘भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने हाम्रो अर्को नीति हो’ भन्दै उनले त्यसको लागि एेन मस्यौदा बन्दैछ भने । किरातीले पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथमसँग मर्ज गर्नुको अर्थ उनीहरुलाई मास्न नभई अझ राम्रो प्रभावका साथ लैजान पर्यटन विश्वविद्यालय बनाउन लागिएको तर्क गरे । 

उनले एकै साथ जोडेर लैजाँदा विश्वभरका मान्छेहरुले नेपालमा पर्यटनको बारेमा पढ्न पाउने भएकाले पर्यटन विश्वविद्यालय निर्माण गर्न खोजिएको बताए । किरातीले भन,  ‘हामीले गठन आदेशबाट सञ्चालित सानो सानो भाडामा घर लिएर पढाइर हुँदैन् । त्यसैकारण, नेपालमा टुरिजमको सम्भावना धेरै छ । पर्यटनको धेरै सम्भावना भएको देश भएकोले हामी पर्यटन विश्वविद्यालयको निर्माण गर्न खोजेका हौं । पर्यटन विश्वविद्यालयको निर्माण गरेर सञ्चालन गर्दा हामीले दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्यो ।’ 

उनले थपे, ‘विश्वमा नै दक्ष जनशक्ति कमी हुँदैछ ।नेपालमा पनि दक्ष जनशक्तिको कमी हुँदै गएको छ । पैंतिस लाख पर्यटक हामीले १० वर्षभित्र ल्याउन सक्ने हो भने दक्ष जनशक्ति कति चाहिन्छ होला ? गाइड, बाटो निर्माण गर्न चाहिन्छ, होटल क्षेत्रमा चाहिन्छ । सबै तालिमप्राप्त दक्ष जनशक्ति चाहिन्छ । त्यसैकै निम्ति हामीले पर्यटन विश्वविद्यालयको निर्माण जान खोजेका हौं ।’

Advertisement