छ महिनामा ७ खर्ब ६८ अर्बको मात्रै आयात, विदेशी मुद्रा सञ्चिति अझै बढ्ने

Advertisement

काठमाडौं । चालु वर्षको पहिलो ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड रुपियाँ बराबरको आयात भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार गतवर्ष भन्दा ३.०९ प्रतिशतले आयात घटेको हो । यो अवधिमा ६९ अर्ब ३१ करोड बराबरको निर्यात भएको छ । यो पोहोरको तुलनामा २.६२ प्रतिशतले कमि हो । 

Advertisement

यसैगरी व्यापार घाटा ६ खर्ब ९३ अर्ब पुगेको छ। नेपालबाट निर्यात हुने वस्तुहरु उल्लेख्य रुपमा वृद्धि हुन नसक्दा निर्यातमा गिरावट आएको हो। ६ महिनाको आयातबाट विभागले २ खर्ब ३ अर्ब राजस्व असुल गरेको छ ।

 भन्सार महसुलमा सबैभन्दा धेरै हिस्सा डिजेल पेट्रोल र ग्याँस रहेको छ । आयातमा सुधार आउन नसक्दा विदेशी मुद्रा संचिती अझै बढ्ने देखिएको छ । मुद्रा संचिति ७ महिनाभन्दा कमको वस्तु तथा आयात धान्न पुग्ने स्थितिमा आइपुगेको थियो । अहिले यो अवस्था सुधार भएर १४ महिना बढीको वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकको तथ्यांक छ। 

बढ्दो रेमिट्यान्स र घट्दो आयातले वैदेशिक मुद्रा संचितिमा थप सुधार आउने देखिएको छ । 

मुलुकको आर्थिक अवस्था सवल बन्दै, विदेशी मुद्रा सञ्चिति बढ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने

Advertisement

Advertisement