उद्योगपति अरुण चौधरी पक्राउ

Advertisement

काठमाडौं । उद्योगपति अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । बाँसबारी छालाजुता कारखानाको जग्गा हिनामिनासम्वन्धमा अनुसन्धान गर्न उनलाई आज पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता नवराज अधिकारीले चौधरी पक्राउ परेको स्वीकार गरे । उनले चौधरीलाई आज बिहान लैनचौरबाट पक्राउ गरिएको र थप कुरा विज्ञप्तिमार्फत जानकारी दिने बताए । 

Advertisement

उद्योगको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रा.लि.को नाममा नामसारी गरेको सम्वन्धमा पहिलेदेखि समाचार आउने गरेको थियो । 

Advertisement