शेयर बजार झिनो अंकले उचालिंदा पाँच कम्पनीमा पोजेटिभ सर्किट, सवा चार अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले उचालिएको छ । कारोबार रकम भने उत्साहजनक नै रह्यो ।

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ५.९१ अंकले बढेको हो । ०.२८ प्रतिशतले बजारबढ्दा नेप्से परिसूचक २०७६.५० अंकमा उक्लिएको छ ।

Advertisement

आज ३०२ कम्पनीका १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५.२६ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार झिनो अंकले उचालिए पनि विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर, समाज लघुवित्त र जोशी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.९७ प्रतिशतले नाफा कमाएका हुन् ।

त्यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.७६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८ सय ८०.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार १०.५० अंकले बजार घट्दा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ, सोमबार १५.३३ अंकले बजार बढ्दा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८.४८ रुपियाँ र हिजो मंगलबार ३०.५६ अंकले बजार तल झर्दा ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार ३ सय ४.१४ रुपियाँ  बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement