सोल्टी हाेटेलको बुक क्लोज मिति तय, पुस ४ मा साधारणसभा

Advertisement

काठमाडौं । सोल्टी होटल लिमिटेडले लगानीकर्तालाई ३६.८४ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनीले १० प्रतिशत बोनस शेयर र करसहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश प्रस्ताव गरेको हो ।

Advertisement

लाभांश प्रयोजनार्थ कम्पनीले पुस ४ गते साधारणसभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल हुनेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि सभाले तोक्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।


 

Advertisement

Advertisement