काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । यसकारण, लाभांश हात पार्न आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९ नगद लाभांश वितरण गर्दैछ ।
लाभांश पारित गर्न कम्पनीको वार्षिक साधारणसभा फागुन १७ गते बस्ने भएको छ ।