काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्थालले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।