काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन् । हिम रिभर पावर र पियोर इनर्जी लिमिटेडले सेबोनमा निवेदन दिएका हुन् ।
यसैक्रममा हिम रिभरले रु. १०० अंकित मूल्यमा १३ करोड ३० लाख मूल्य बराबरको १३ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले यसअघिनै आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
त्यस्तै पियोर इनर्जी लिमिटेडले १६ करोड रुपियाँको १६ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ । कम्पनीले यसअघि नै आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
हिम रिभरले माघ २८ गते र पियोर इनर्जीले माघ २९ गते आवेदन दिएको सेबोनले जनाएको छ ।