बिस्कुट उत्पादक ‘खजुरीको’को व्यापार बढ्दो, सन् २०२३ मा रु १ अर्ब ७३ करोडको कारोबार

Advertisement

काठमाडौं । पफ बिस्कुट कुकिज उत्पादन गर्ने खजुरीको नेपाल लिमिटेडले सन् २०२३ मा व्यापार बढाएको छ । 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२३ मा उसले एक अर्ब ७३ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा एक अर्ब ६४ करोडको व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा नौ करोड २० लाख बढीको कारोबार गरेको यस कम्पनीको ‘खजुरीको पफ’ बजारमा लोकप्रिय रहेको छ । 

Advertisement

यस्तै कम्पनीले बटर कुकिज, चोको, होक्काइदो, क्रिमी लगायत बिस्कुट उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा एक अर्ब २८ करोडको व्यापार गरेको थियो । यस्तै, सन् २०२० मा एक अर्ब २८ करोड र सन् २०१९ मा ९९ करोड ८० लाखको व्यापार गरेको थियो । गएको पाँच वर्षमा खजुरीको व्यापार उकालो लाग्ने क्रममा छ । 

सन् १९९४ देखि सञ्चालनमा आएको यो कम्पनीले सन् २००४ बाट थप व्यवसाय विस्तार गरेको थियो। कम्पनीमा ओमनाथ महर्जन र परिवारको लगानी रहेको छ । 

Advertisement

Advertisement