कमला नदीमा निर्माण भएको देशकै लामो झोलुंगे पुल सञ्चालनमा

Advertisement

काठमाडौं । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको देशको सबैभन्दा लामो झोलुंगे पुल सञ्चालनमा आएको छ ।

सिराहा– १३ मल्हनिया र धनुषाको जनकनन्दिनी– ६ कठाल जोड्ने यो पुलको आज शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।

Advertisement

एक हजार पाँच सय मिटर ४४ सेन्टिमिटर लामो यो पुल सस्पेन्सन ब्रिज डिभिजनले २८ करोड रुपियाँ लागतमा निर्माण गरेको हो । ठेक्का अवधिभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भएको यो पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब तीन हजार ८८६ यात्री) रहेको छ ।

पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी क्षेत्र र जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ ।

Advertisement

Advertisement