काठमाडौं । ‘कुमारी सबल योजना’ को इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्कासनमा ल्याएको थियो ।
क्यापिटलले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँबराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको हो । निष्कासन गरिएको कुल इकाइमध्ये एक प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ । क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।
उक्त फन्ड न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँट गर्न हुनेछ । त्यस्तै, न्यूनतम संख्यामा इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु हुनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको उक्त फन्डको यो बन्दमुखी योजना हो ।