काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज साँझ दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।
बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।