बैंंक वित्तीय संस्थाविरुद्धको अराजकताले बैंकिङ क्षेत्रको मनोबल गिर्योः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । 

आईतवार संसदको अर्थसमिति बैठकमा उनले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्ने बताए । अधिकारीले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको बताए ।  

Advertisement

उनले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए । गभर्नरले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे ।  

राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको उनले बताए । अधिकारीले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए । 

उनले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताए । कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने बताए । उनले भने, ‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र सचिवहरुसहित बसेर छलफल गरिरहेका छौं । यो अराजकतालाई रोक्न सकेनौं भने सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छै्रन् । 

गभर्नर अधिकारीले भने, ‘यसले एक किसिमबाट ठूलो बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहहरु देखिएका छन् । बैंकिङ उद्योगलाई धरासायी बनाउन पाइयो भने अरु खालका राजनीति जाँसिएको देख्छु । उद्देश्य परिपूर्ति गर्ने उद्देश्यले बैंकिङ क्षेत्र र नियमन निकायलाई समेत कमजोर बनाउने गरी धाराप्रवाह रुपमा आक्रमण भइरहेको अनुभुति भइरहेको छ । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ । जसबाट स्वार्थपूर्ति गर्ने दाउ हुनसक्छ । यसलाई राज्यको तर्फबाट कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ । त्यस्तो भए यस्ता सबै कुराहरु करेक्सन हुन्छन् । कतिपय व्यक्तीहरु कानून भन्दा माथि र पर गएर गतिविधि गर्छन् । त्यो क्षेत्रमा काम गर्नेहरुले मनोवल गिराउनुपर्ने हुन्छ । अहिलेको अवस्था त्यो पाटबाट गइरहेको छ ।’

Advertisement

Advertisement