एअर कार्गोको आयात-निर्यात शुल्क १० प्रतिशतले बढ्यो, कुन मालसामानमा कति ?

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर कार्गोको आयात–निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एअर कार्गो बिल्डिङका अनुसार एअर कार्गो आयात–निर्यातको शुल्क बढाइएको हो । 

प्रत्येक दुई–दुई वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि गर्ने विमानस्थल नियमावलीअनुसार एअर कार्गो आयात–निर्यात शुल्क बढ्न लागेको हो । वृद्धि हुने शुल्क यही चैत ४ गतेदेखि लागू हुनेछ । 

Advertisement

वृद्धि शुल्कअनुसार साधारण मालसामान आयात गर्दा प्रतिकेजी ७.१२ रुपियाँ या १३३.१० रुपियाँमध्ये जनु बढी हुन्छ सोही दर लागू हुनेछ । त्यस्तै, साधारण मालसामान निर्यातमा भने प्रतिकेजी १.३३ रुपियाँ या २६६.२० पैसामध्ये जुन बढी हुन्छ सोही दर लागू हुने बताइएको छ । 

त्यसैगरी, बहुमूल्य मालसामानतर्फ आयात गर्दा प्रतिकेजी न्यूनतम १०.६५ रुपियाँ र अधिकतम २६६.२० रुपियाँ लाग्नेछ । साथै, निर्यातमा प्रतिकेजी न्यूनतम ३.३३ रुपियाँ र अधिकतम ३३२.७५ रुपियाँ शुल्क लाग्नेछ । 

नाशवान् मालसामानतर्फ आयात गर्दा न्यूनतम १०.६५ रुपियाँ र अधिकत २६६.२० पैसा लाग्नेछ भने निर्यातर्पm न्यूनतम २.६६ रुपियाँ र अधिकतम २६६.२० पैसा लाग्नेछ । 

त्यसैगरी, खतराजन्य मालसामान आयात गर्दा प्रतिकेजी न्यूनतम २१.३३ रुपियाँ र अधिकतम ५३२.४० रुपियाँ शुल्क लाग्नेछ भने सोही माल निर्यात गर्दा प्रतिकेजी न्यूनतम ६.६६ रुपियाँदेखि अधिकतम ६६५.५० पैसा लाग्ने बताइएको छ । 

यसबाहेक एक्सप्रेस कुरियर ब्याग, कुरियर पार्सल र एक्सप्रेस कार्गो आयात गर्नुपर्दा न्यूनतम ६.६६ रुपियाँदेखि अधिकतम २६६.२० रुपियाँ शुल्क लाग्नेछ । त्यस्तै, निर्याततर्फ भने न्यूनतम ६.६६ रुपियाँदेखि अधिकतम १३३.१० रुपियाँ लाग्ने उड्डयन प्राधिकरणले जनाएको छ । 

जीवित जनावर आयात–निर्यात गर्दा बहुमूल्य मालसामानको दोब्बर दस्तुर लाग्ने पनि प्राधिकरणको भनाइ छ । 

undefined


 

Advertisement