प्रधानमन्त्री दाहालको काँधमा २५ वटै मन्त्रालयको जिम्मेवारी, नयाँ मन्त्रीहरु जिम्मेवारीविहीन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धन परिवर्तन गरेसँगै उनीमाथि २५ वटै मन्त्रालय हेर्नुपर्ने जिम्मेवारी पनि थप्पिएको छ । आज (सोमबार) नियुक्त भएका मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन् । 

आज दाहालले प्रमुख तीन दलबाट तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । उनीहरुले सपथ समेत खाइसकेका छन् । उनले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गरेका हुन् । 

Advertisement

मन्त्रालय नतोकिएसम्म उनीहरुले पदभार समेत ग्रहण गर्न सक्नेछैनन् । तर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन र मन्त्रीको रुपमा तलब सुविधा लिन सक्नेछन् । 

Advertisement