‘अहिलेको संविधानले देशलाई बोक्रो बनाइरहेको छ, धेरै समय टिक्दैन्’

नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छः पूर्वसभामुख ढुंगाना

Advertisement

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताएका छन् । 

बिहीवार नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा उनले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताउँदै अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताए । 

Advertisement

ढंगानाले अहिलेको संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गरे । उनले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताए । ढुंगानाले कम्युनिष्ट सरकारले श्रमिक, मजदुरको हितमा काम नगरेको जिकिर गरे । उनले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे । 

ढुंगानाले भने, ‘अहिलेको कम्युनिष्ट पार्टीहरुले चलाएको सरकार हेर्नुस् त । कहिले श्रमिक, मजदुरको हित गरेका छन् ? पार्टीहरु नै दरबार भएका छन् । अपराधी काम गरिरहेका छन् । भ्रष्टाचारका कुरामा कुनै न कुनै नेताहरु संलग्न भएकै छन् । अहिले जति भ्रष्टाचार र अपराध भइरहेको छ, त्यो सबै दल संरक्षित भइरहेको छ । यो देशको लागि खराब कुरा हो ।’ 

उनले थपे, ‘कसरी यो संविधानलाई बचाउने की नबचाउने ? यो सोच्नुपर्छ , जनताले अर्नरसिप लिएका छैनन् । डेलिभरी भएको छैन । जनताका लागि सामाजिक सुरक्षा, रोजगारी दिएको भए जनताले स्वीकृति दिन्थे, त्यो छैन । नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ । कसरी संविधान बचाउन सकिन्छ भन्ने चुनौति छ । अहिलेको संविधानको बेनिफिट पनि हामी गुमाउँदैछाँै । यो रिभुलेसनी संविधान हो । यसले देशलाई बोक्रो बनाइरहेको छ । यसलाई राम्रो बनाउन सकिन्छ की सकिँदैन यो चुनौति हो । यसलाई छोड्दा पनि र यसै रुपमा राख्दा पनि समस्यामा पर्छौं । यो संविधानलाई रिभ्यु गर्नुपर्छ ।’

ढुंगानाले अहिलेका तीन मुख्य दलसँग संविधानको रिभ्यु गर्न सामथ्र्य नरहेको बताए । अहिलेको संविधानको बिरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताउँदै उनले वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताए । 

ढुंगानाले वर्तमान संविधान माओवादीहरुसँग तत्कालीन मुख्यपार्टीहरु एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताउँदै अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने बताए । 

Advertisement

Advertisement